काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणको खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन् । चौथो चरणको खेलसम्म मनाङ मर्स्याङदी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
मनाङले ४ खेलमा शत प्रतिशत जित दर्ता गर्दै १२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्मीको ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक छ । शेर्पा पनि ४ खेलमा १० अंक जोड्दै गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ । रुस्लान थ्री स्टार र संकटाको ४ खेलमा ३ जितसहित ९ अंक रहेको छ ।
पुलिस ३ खेलमा ७ अंक जोड्दै छैटौंमा छ भने लगातार दुई जित दर्ता गरेको सरस्वती ६ अंक जोड्दै सातौं स्थानमा छ । ४ अंक जोडेको च्यासल आठौं र एपीएफ नवौं स्थानमा छ । ब्रिगेड ब्वाइज ३ अंक जोड्दै शीर्ष १० मा अटाएको छ । मछिन्द्र ४ खेलमा २ अंक जोड्दै एघारौं स्थानमा छ । पुछारका तीन टोलीको १ अंक मात्र छ । जावलाखेल, फ्रेन्ड्स र एनआरटी क्रमश: १२ औं, १३ औं र १४ औं स्थानमा रहेका छन् ।
पाँचौ चरणमा अपराजित नतिजा बोक्दै दोस्रो र तेस्रो स्थानमा रहेका आर्मी र शेर्पाको खेल हुँदैछ । आइतबार दिउँसो २:३० बजे एन्फा कम्प्लेक्समा हुने खेलले शीर्ष स्थानमा मनाङको अग्रता बढ्ने अवसर पनि हुनेछ । यसका लागि मनाङले शनिबार सरस्वतीलाई पराजित गर्नुपर्नेछ । यदि मनाङले जित हासिल गर्न नसके, अंक तालिकामा नयाँ टोली शीर्षस्थानमा आउने सम्भावना रहनेछ ।
पाँचौ चरणको खेल तालिका :
मंसिर १४ : एनआरटी विरुद्ध पुलिस – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर १४ : रुस्लान थ्री स्टार विरुद्ध एपीएफ – २:३० – एन्फा कम्प्लेक्स
मंसिर १५ : संकटा विरुद्ध च्यासल – ११:०० – हल्चोक
मंसिर १५ : मनाङ विरुद्ध सरस्वती – २:३० – हल्चोक
मंसिर १६ : मछिन्द्र विरुद्ध फ्रेन्ड्स – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर १६ : आर्मी विरुद्ध शेर्पा – २:३० – एन्फा कम्प्लेक्स
मंसिर १६ : ब्रिगेड ब्वाइज विरुद्ध जावलाखेल – २:३० – हल्चोक
अंक तालिका :
-Nirdesh pokhrel
Post a Comment