अपहरण प्रयास भएपछि बंगलादेश विमानको विमान चिटगोङस्थित शाह अमानत एयरपोर्टमा आपतकालीन अवतरण गरिएको छ ।
ढाकाबाट दुबईका लागि उडेको विमानमा १४२ यात्रु थिए । नागरिक उड्डयन र पर्यटन मन्त्रालयका सचिव मोहम्मद मुहिबुल हकका अनुसार विमानका पाइलट र यात्रु सुरक्षित छन् । तर, एक संदिग्ध र चालक दलका एक सदस्य विमानभित्रै छन् । संदिग्ध व्यक्तिसँग कुराकानी जारी छ ।
विमानमा सवार सांसद मोइनउद्दील खानले स्थानीय मिडियालाई भनेका छन्, ‘एक यात्रुले विमान अपरहणको प्रयास गरे । तर, विमानलाई सुरक्षित अवतरण गरिएको छ र सबै यात्रु सुरक्षित छन् । संदिग्धको भनाइ छ कि उनी प्रधानमन्त्री शेरख हसिनासँग कुराकानी गर्न चाहनछन् । onlinekhabar बाट
अन्य समाचार
फेरी सुरु भयो २०१९ को मिस नेपाल प्रतियोगिता यस्तो छ यो बर्षको तयारी ? पुरा पढ्नुहोस
प्रतेक बर्षको जस्तै यो बर्षको पनि मिस नेपालको आवेदन खुला भएको जानकारी गराएको छ ! आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो ।
इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई ५ फिट ४ इन्च अग्ला हुनुपर्नेछ ।
‘द हिडन ट्रेजर’का अनुसार काठमाडौंसहित आठ शहरमा अडिसन हुनेछ । यस अन्र्तगत धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा मार्च १३–१५ मा अडिसन लिइनेछ ।
यसैगरी चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७–१९ मा अडिसन लिइनेछ । फाइनल अडिसन भने मार्च २४ मा काठमाडौंमा हुनेछ ।
मिस नेपालका लागि अन्य २० देखि २५ जना सहभागी अन्तिम राउन्डको लागि छनौट गरिनेछ । उनीहरुलाई मिस हङकङ, मिस ओशियाना,
मिस पोखरा, मिस पूर्वाञ्चल र मिस पश्चिमाञ्चल लगायतका सौन्दर्य प्रतियोगिताबाट विजेता भएर आएका प्रतियोगीसँग सम्मिलित गराइने आयोजकले जनाएको छ ।
अडिसनबाट छनौट भएर आएका प्रतियोगीलाई ६ महिनासम्म ग्रुमिङ सेसनमा राखिनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले भने सन् २०१९ मे ९ मा हुनेछ । ग्रान्ड फिनालेको भेन्यु भने अहिलेसम्म तय भइसकेको छैन । onlinekhabar बाट
-By Nirdesh pokhrel
Post a Comment