काठमाडौं । विश्वको अधिकांश देशमा भ्रष्टाचार हुने र कर्मचारीहरु घुस्याहा हुने गर्छन् । नेपालमा पनि घुस्याहा कर्मचारीको संख्या निकै धेरै छ भने भ्रष्टाचार पनि उत्तिकै छ ।
नेपालको छिमेकी राष्ट्र भारत पनि यसबाट अछुतो छैन । भारतमा घुस्याहा कर्मचारीलाई तह लगाउन अनौठो तरिका अपनाइएको छ ।
किसानसँग घुस माग्ने ति कर्मचारीलाई सेवाग्राहीले पनि अनौठो घुस दिएका छन् । मध्य प्रदेशको टिकमगढस्थित खडगपूरका तहसीलदार सुनिल बर्माले एकजना किसानको जग्गाको दाखेल खारेज गर्नका लागि एक लाख भारु घुस मागेका थिए ।
त्यसपछि ५० वर्षका लक्ष्मी बर्मा नामक किसानले कर्मचारीलाई एउटा भैँसी दिए । भैँसीलाई ती सरकारी कर्मचारी चढ्ने गाडीमै लगेर बाँधिदिए ।
तहसीलदारले मागेको एक लाख भारु घुस मध्ये ५० हजार नगदै दिएका थिए । तर बाँकी रकम नभएपछि उनले आफ्नो घरको भैँसी लगेर उनको गाडीमा बाँधिदिए ।
किसानले घुस स्वरुप तहसीलदारको गाडीमा ल्याएर भैँसी बाँधिदिएपछि त्यसले तहल्का नै मच्चायो । अन्ततः तालुक निकायका अधिकारीले ती किसानलाई तहसीलदार विरुद्ध उजुरी दर्ता गर्न भने बमोजिम उनले उजुरी दर्ता गरेसँगै हाल उक्त भैँसी घुस काण्डको छानबिन भैरहेको बताइएको छ ।
अन्य समाचार
सजिल्यै सेलिब्रेटीहरुलाई चिन्ने यो हो दुनियाकै अचम्मको भेडा, जसको छ पत्याउनै नसकिने स्मरणशक्ति
एजेन्सी – भेडालाई एकोहोरो तथा बुद्धि नभएको प्राणीको रुपमा होच्याइन्छ । तर, हालै गरिएको एक अध्ययनले चाहीँ भेडा निकै होसियार प्राणीको रुपमा रहेको र तस्वीर हेरेरै विश्वका प्रसिद्ध हस्तीहरुको पहिचान गर्नसक्ने देखाएको छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कहिल्यै नदेखेका सेलिब्रेटीहरुलाई समेत उनीहरुको तस्वीर हेरेर मात्र पनि भेडाले चिन्न सक्दछ ।
धेरै भेडाहरुमा गरिएको परीक्षणपश्चात् शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुले यस नतिजासम्म पुग्नको लागि भेडाको एउटा झुण्डलाई प्रशिक्षित गरे र उनीहरुलाई विश्वका केही चर्चित व्यक्तिहरुको तस्वीर देखाएर प्रश्न गरे ।
यसमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामादेखि प्रसिद्ध हलिउड अभिनेत्री एमा वाटसन लगायतका तस्वीर देखाइएको थियो । भेडाले ती तस्वीरहरु पहिचान गर्न सफल भयो ।
शोधकर्ताहरुले भेडाका केही असाधारण क्षमता र यसको उपयोगका बारेमा पनि चासो राखेका छन् । भेडाले हनटिंग्टन रोग तथा पार्किन्सन्स तथा अटिजम र सिजोफ्रेनिया जस्ता मस्तिष्कजन्य रोगको उपचारमा सघाउ पूराउन सक्ने वैज्ञानिकको भनाई छ ।
-By Nirdesh pokhrel
Post a Comment