एजेन्सी । के उडिरहेको जहाजका पाइलटले मलाई काम गर्न दिक्क लाग्यो भने के हुन्छ । सोही जहाजमा सवार यात्रुहरुले यो दृश्यलाई कसरी लेलान् । सुन्दा कुनै कथा जस्तो लाग्ने यो कुरा सत्य हो ।
घटना हो अस्ट्रेलियाको । जहाँका पाइलटले परीक्षण उडानका क्रममा लगातार ३ घण्टासम्म आकाशमा रहनुपर्दा ती पाइलट यति ‘बोर’ भएछन् कि उनले आकाशमै रहेको बेला लेखे,‘मलाई निकै बोर लागिरहेको छ।’ समाचार एजेन्सीहरुका अनुसार डायमण्ड स्टार जहाज झण्डै ३ घण्टासम्म आकाशमा उडाउनु पर्दथ्यो ।
त्यो पनि समान उचाई र गतिका साथ । तर जहाज उडाइरहेका एकजना पाइलटलाई दुई घण्टापछि नै दिक्क लाग्न थालेको अनुभव उनले सुनाए लगत्तै यो खबर यसरी भाइरल बन्योकी अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले समाचार बनाए र समाचार पनि भाइरल बन्यो ।
जहाजभित्रै दक्षिण अस्ट्रेलियाको आमन क्षेत्रको दृश्यलाई बनाएर त्यसमा रोचक चित्र तयार पारीएपछि यो घटनाले चर्चा पायो । ति विमान चालकले क्यानभासमा ‘आइ एम बोर्ड’ भनेर लेखेको समाचारमा जनाइउको छ ।
अन्य समाचार
सजिल्यै सेलिब्रेटीहरुलाई चिन्ने यो हो दुनियाकै अचम्मको भेडा, जसको छ पत्याउनै नसकिने स्मरणशक्ति
एजेन्सी – भेडालाई एकोहोरो तथा बुद्धि नभएको प्राणीको रुपमा होच्याइन्छ । तर, हालै गरिएको एक अध्ययनले चाहीँ भेडा निकै होसियार प्राणीको रुपमा रहेको र तस्वीर हेरेरै विश्वका प्रसिद्ध हस्तीहरुको पहिचान गर्नसक्ने देखाएको छ ।बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कहिल्यै नदेखेका सेलिब्रेटीहरुलाई समेत उनीहरुको तस्वीर हेरेर मात्र पनि भेडाले चिन्न सक्दछ ।
धेरै भेडाहरुमा गरिएको परीक्षणपश्चात् शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुले यस नतिजासम्म पुग्नको लागि भेडाको एउटा झुण्डलाई प्रशिक्षित गरे र उनीहरुलाई विश्वका केही चर्चित व्यक्तिहरुको तस्वीर देखाएर प्रश्न गरे । यसमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामादेखि प्रसिद्ध हलिउड अभिनेत्री एमा वाटसन लगायतका तस्वीर देखाइएको थियो । भेडाले ती तस्वीरहरु पहिचान गर्न सफल भयो ।
शोधकर्ताहरुले भेडाका केही असाधारण क्षमता र यसको उपयोगका बारेमा पनि चासो राखेका छन् । भेडाले हनटिंग्टन रोग तथा पार्किन्सन्स तथा अटिजम र सिजोफ्रेनिया जस्ता मस्तिष्कजन्य रोगको उपचारमा सघाउ पूराउन सक्ने वैज्ञानिकको भनाई छ ।
-By Nirdesh pokhrel
Post a Comment