एजेन्सी । अमेरिकामा निर्माण भएको एउटा काठे घर यतिबेला चर्चामा छ । यो घर संसारकै ठुलो एउटा काठे घर भएका कारण पनि चर्चामा छ । जसलाई ट्री हाऊसका रपमा पनि चिनिन्छ । झन्डै ९८ फुट अग्लो यो घर निर्माण गर्न १५ वर्ष लागेको जानकारहरु बताउँछन् ।
प्रकृतिको काखमा ठडिएको यो घर आसपासको सुन्दरताले जो कोही पनि मन्त्रमुग्ध त हुन्छन् नै । अझ रुखै रुखहरुको आडमा बनेको यो काठे घरमा बस्ने रहर कस्को नहोला ? हेर्नुहोस् कल्पना नै गर्न नसकिने विश्वकै यो अनौठो घर र यसभित्र रहेको रोचक तथ्यहरु भिडियोमा
अन्य समाचार
निरन्तरको हिमपातले बन्द भएको हवाई सेवा चार दिनपछि सञ्चालनमा
हुम्ला- हिमाली जिल्ला हुल्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हँुदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।
शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो ।
आज निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताउनुभयो ।
जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुँदै आएको थियो । कुखुराको मासु, माछा, तरकारी, तेललगायत अन्य सामग्री नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रने गरेको थियो ।
-By Nirdesh pokhrel
Post a Comment