युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ ले शनिबार आक्रमक व्यापार गर्न सफल भएको छ । वितरक मनोज राठीले शनिबार क्याप्टेन सबैतिर हाउसफूल रहेको जानकारी दिए । अनमोल गोपिकृष्ण हलमा पुग्दाको यो दृश्य हेर्नुस् :
वितरक राठीका अनुसार अनमोलको छैठौं फिल्म ‘क्याप्टेन’ले शनिबार मात्रै एक करोड पच्चीस लाखको ग्रस व्यापार गर्नेछ । ‘साँझको शोसम्म शनिबार एक करोड पच्चीस लाखको ग्रस कलेक्सन हुन सक्छ ।
आज देशैभर हाउसफूलको व्यापार छ’, राठीले भने । दर्शकले ‘क्याप्टेन’लाई सकारात्मक प्रतिक्रिया दिएकाले आगामी दिनमा पनि दर्शकको चाप उच्च नै रहने वितरक राठीले आशा व्यक्त गरे ।
अर्को तर्फ सोमबार परेको शिवरात्रीको सार्वजनिक बिदाको प्रत्यक्ष फाइदा पनि ‘क्याप्टेन’ लाई पुग्ने देखिएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार भने फिल्मले ६५ लाख जतिको ग्रस कारोबार गरेको वितरक राठी बताउँछन् । अनमोल शनिबार चावाहिलस्थित गोपिकृष्ण हल र गोगंबुको अष्टनारण हलमा दर्शकसँग साक्षत्कार गर्न पुगेका थिए ।
दिवाकर भट्टराई निर्देशित फिल्म फुटबल खेल र पारिवारिक प्रेम कथामा आधारित छ । फिल्ममा अनमोल सँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्रकार, सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामांग लगायत कलाकारको अभिनय छ । भुवन केसीको निर्माण रहेको ‘क्याप्टेन’ को कथा पनि निर्देशक भट्टराईकै हो ।
-By Nirdesh pokhrel
Post a Comment