विजय लामा चलचित्रका नायक हुन्। उनी पेशाले विमान चालक हुन्। उनलाई गायकका रूपमा पनि चिनिन्छ।राम्रो बोल्नुहुन्छ ।सवैको सम्मान गर्ने तरिका रोचक छ ।
नेपाल र नेपाली भनेपछी हुरुक्कै हुने भएकाले उनको हरेक विचारमा स्वाभिमानको झल्को देखीन्छ ।लामो समयदेखी पाईलट विजय लामा विमान हाक्दै आईरहेका छन् ।
नेपाल वायुसेवा निगमको जहाज चलाउन्छन् ।नेपालको हिमाल , पहाड र तराई जोड्ने एक महान पात्र हुन विजय लामा ।सम्मान छ उनको नेपालप्रतिको मायॉं र स्नेह देखेर ।
आज विजय दाईको वारेमा थोरै भएपनि लेख्न मन लाग्यो ।पाईलटहरु नेपालमा धेरै छन् । सवै पाईलटहरुलाई नजिक बाट चिन्ने मौका त पाएको छैन् तर ज्यानलाई जोखिममा राखेर आफ्नो बढी जस्तो समय आकासमै विताउनुहुने ति महान क्यापटेनहरुलाई सलाम गर्नचाहन्छु ।देशको आकाश असुरक्षीत छ भनेर वहस हुने गर्छन् । दुर्घटना भएपछी वहस सुरु हुन्छ र ५/६ दिनमै सेलाउदै जान्छन् ।मौकाको फाईदा लुटेको जस्तै देखिन्छ ।
हवाई दुर्घटना बढ्नुमा सवै पक्षको कमजोरी देखिन्छ ।ज़मीन देखी आकाशसम्म असुरक्षित देखिन्छ । पाईलट विजय सर ज़मीनदेखी आकाशसम्म असुरक्षित आफै नभएर मान्छेले बनाएको हो भनेर स्वीकार गर्छन् ।
हुनपनि हो , यो कुरामा मपनि सहमत छु । ताप्लेजुङ् दुर्घटनामा मन्त्रीदेखी क्षमतावान व्यक्तित्वहरुसम्म नेपालले गुमायो । यसको छानविन हुदैछ् । तर , दुर्घटनादेखीनै बहस सुरु भयो । मलेशीयाबाटै भएपनि क्यापटेन विजय लामा दुर्घटनाबारे बढ़ो गम्भिर भएर खोजतलास गरिरहए ।
नेपालकै बरिष्ठ पाईलट , कलाकार , गायक र एक सफल अनि क्षमतावान विमान चालक भएकै नाताले उनले यतिको प्रयास गर्नुपनि उनको महान काम हो । पाईलटहरुको अग्रज , प्रेरणाको पात्रका रुपमा विजयले चिनिन्छन । सधै विमान चालकहरुको पक्षमा जायज कुरामा आफ्नो आवाज राख्नुहुन्छ ।
दवाबमा पाईलटले विमान वा हेलिकॉप्टर चलाउनु हुदैन् भन्ने मान्यता लामाको छ । नेपालमा पेशाको सम्मान कम हुने भएकाले , हेप्ने चलन बढी भएको उल्लेख छ उनको । उनले सवैलाई जानकारी दिदै भनेका छन् पाईलटको हातमा ठुलो शक्ति हुन्छ ।शक्तिको सदुपयोग सहि ठाउमा भएको देखिदैन् । पाईलट भन्दा बढी जान्ने यात्री भएकोले यस्तो घटना नेपालमा घटिरहेका छन् ।
पाईलटलेपनि सानो कमजोरी हुदाहुदैपनि लत्याएक केहि हुदैन चलिहाल्छ नि भनेर विमान वा हेलिकॉप्टर कुदाउने गरेको भेटिन्छ । यो गलत नियत हो । आफ्नो अड़िगमा पाईलट हुनुपर्छ ।
विमानको उपचार जमिनबाटै सुरु हुने भएकाले जमिनमा नै गम्भिर हुनुपर्ने देखिन्छ । आकाशमा उडेको विमान आकाश असुरक्षित भएको खसेको होईन् ।दक्ष पाईलटको अभाव , यात्रीदेखी ठुलाबडाको पाईलटमाथी थोपारेको प्रेसर ,जमिनमै राम्रोसंग चेकजाच गर्ने परिपाटीमा कमी र गलत नियतका कारण दुर्घटना भएको देखिन्छ ।
मन्त्री रविन्द्र अधिकार र हेलिकॉप्टर का मालिक आङछिरिङ शेर्पा त्यहि हुनु र पाईलटले सिधा काठमाण्डू नल्याएर पाथीभारा जानु महा गल्ती भएको विज्ञहरु को राय छ । यो कुरामा विजय दाईको पनि सहमती देखिन्छ ।
तिन वर्ष अगाडी र हिजोको विजय लामा दाईको अन्तरवार्ता हेरे धेरै कुरा पाए ।नेपालको वायुसेवा निगमको अवस्था कमजोर हुनुमा कर्मचारीमा देखिएको लुटतन्त्र , सरकार पक्षको ग़ैरज़िम्मेवारी र यात्रुको गलत मानसिकता र सोचाई भएको देखिन्छ । विजय लामा दाई एक पवित्र विचार बोकेको मान्छे हो ।
म हृदयदेखी नै सम्मान गर्न चाहन्छु । नेपाली ध्वाजावाहक विमान चालक विजय दाई नेपाल र नेपाली भनेपछी हुरुक्कै भएको देख्छु ।
उनले नेपालीले गर्व गरोस र विश्वले नेपाली विमानमा नेपालीपना देखोस् भनेरै राष्ट्र प्रमुखको सवारी नेपाल वायुसेवा निगमको विमान बाटै होस भन्ने चाहना बोकेका हुन्छन् ।
देशमा नेताहरु धेरै भएको तर एकजनापनि राजनेता नभएको बताउन्छन् । आफु अहिलेपनि सहि तरिकाले हवाई उड़ान गरेर वा अन्य तरिकालेले एक तरिकाको स्वच्छ राजनिति गरिरहेको बताउन्छन् लामा दाई ।राजनिति बोलेर वा भाषण गरेर मात्रै प्रयाप्त नभएको भन्दै काम गरेर देखाउन उनले सवैलाई सुझाव दिएको झनै रोचक लाग्यो ।
पाईलटहरुको पेशा जटिल छ तर आफु इमान्दार अनि आफ्नो सहि निर्णयमा दृढ़ भए यस्ता घटनाहरुवाट सवै जोगिने र सवै विजय लामाको बाटोमा जानसक्ने बढ्दो क्रम देखिन पुग्छ ।क्यापटेन विजय लामा निकट भविश्यमै राजनिति आउन सक्ने छन् । हामी सवैको भगवान हुन् । उनलाई समयमै चिन्नुपर्छ ।
जनतालाई काँधमा राखेर देशको सेवा गर्ने उनको चाहना पशुपतिनाथले पुरा गरुन् । हार्दिक शुभकामना विजय लामा दाँईं । तपाईको असल बाटों , सहि विचार हाम्रा लागि सधै मार्ग दर्शन बुनुन् । जय देश , जय स्वाभिमान !!!
-By Nirdesh pokhrel
Post a Comment