जीवन सम्राट
विवेकशील साझा पार्टी नेपाली समाज रुपान्तरणकाे संवाहक हाे। समय सान्दर्भिक बिचार, नेपाली समाजका विवेकशील, बौद्धिक, चेतनशील र नेपालकाे परिवर्तन चाहाने युवा बर्गहरुले प्रतिपादन गरेको सिद्धान्त मार्फत विवेकशील साझा पार्टीले अाफ्ना अभियान सुरु गरिरहेकाे छ।
युग सुहाउँदो बैचारिक संगठन र कामकाजी अभियन्ताहरुकाे देश बदल्ने संकल्प प्रति अाम नागरिकहरुकाे अाकषर्ण बढिरहेको छ। समाजका स्थापित बर्गहरुमा दिनानुदिन पार्टीमा सक्रिय हुने क्रमले पनि विवेकशील साझा पार्टीको हाम्रै जीवनकालमा समृद्ध नेपाल अभियानले अझै दरिलाे साथ पाईरहेकाे छ।
विगतलाई फर्केर हेदा: कांग्रेस, एमाले, माअाेबादी, राप्रपा अादि राजनीति दलका झण्डा बाेकेर नहिडेकाे पनि हाेइन। युवा जमातलाई हरेक अान्दोलनकाे नेतृत्व गर्न लगाउने र सत्तामा पुग्दा अयोग्य बनाउने पनि यीन राजनीति पार्टीहरु हुन्। युवालाई अर्थहिन युवाकै नाम दिएर पुराना पार्टीहरुले समयलाई चिन्ने माैका समेत दिएनन्। खासगरी यी पार्टीहरु सर्बशक्तिमान युवा अभियानलाई प्रयाेग गर्नका लागि, युवा भन्न कुनै सिमा राखेनन्। कति उमेरकाेलाई युवा मान्ने भन्ने सम्म लेखाजोखा छैन।
विवेकशील साझा पार्टी अाफैमा युवाहरूको यात्रा हाे। यसलाई अझै स्पष्ट पार्न र युवाहरुलाई थप नेतृत्व र दायित्व प्रति जिम्मेवार बनाउन पार्टीले विवेकशील साझा युवा संगठन समेत बनाएको छ। संगठन मार्फत युवाहरु अझै अाफ्नाे भुमिका खाेज्न मजबुत बन्दैछन्।
अहिलेपनि पुराना राजनीति पार्टीका युवा वा विद्यार्थी संघ, संगठनका गतिविधि, वैज्ञानिक र बैचारिक युगका अाम मानिसहरूलाई पच्ने प्रकारका देखिदैनन्। बन्द हड्ताल देखि ताेडफाेड सम्म यीनै पुराना बिचारकहरु हुन्छन्। यी मनुष्यहरु कहिले सुध्रिने, बारम्बार हाम्राे प्रश्न यहि हाे। यीनीहरु र यीनीहरुका गतिविधिहरुमा परिवर्तनको एक फुट्टि टुक्रा नसच्चिएपछि, विवेकशील साझा पार्टीको स्थापना भयाे। नेपाललाई युग सुहाउँदो नेपाल बनाउने, हाम्राे पनि मुल कर्तव्य सम्झिएपछि, विवेकशील साझा पार्टीकाे यात्रा तय भयाे।
अाउनुहाेस्: नेपाललाई हाम्रै जीवनकालमा बदल्न जुटाै। सुसंस्कृत सहितकाे राजनीति प्रति अाकषर्ण बढाअाै। जय देश, जय विवेकशील साझा ।।
Post a Comment