धनकुटा – आफैंले बोकेको राइफलको गोली लागी धनकुटामा नेपाली सेनाका एक सिपाहीको ज्यान गएको छ । ज्याान जानेमा नकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेका छन् ।
शनिबार बेलुका राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा लागि जोशी गम्भीर घाइते भएका थिए।
घाइते भउका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । प्रहरीले जोशीले आफै गोली चलाएको हुन सक्ने अनुमान गरेको छ ।
अन्य समाचार
रक्सौल–काठमाडौँ रेलमार्ग : दुईवटा मार्ग प्रस्ताव
काठमाडौँ । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडाैं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ ।
भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो ।रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ ।
कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिनुभयो ।
अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ । यो खबर आजको गोरखात्र दैनिकले छापेको छ ।
-By Nirdesh pokhrel
Post a Comment