काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ ।एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् ।यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ ।
कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।यसैबीच कार्यक्रमको आजको एपिसोड पनि सार्बजनिक भएको छ ।
हेर्नुहोस ‘को बन्छ करोडपति’को आजको नयाँ एपिसोडको पुरा भिडियो :
अन्य समाचार
भिडियोमा हेर्नुस बार्सिलोना र रियल मड्रिडको भिडान्त, फेरि हार्यो रियल !
जितसँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० अंकको अग्रता कायम गरेको छ। २६ खेलबाट बार्साले ६० अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५० अंक छ ।
घरेलु मैदानमा पहिलो हाफमै खाएको एक गोल नै रियल मड्रिडले नतिजा बार्सिलोनलाई सुम्पिन बाध्य भयो। खेलको २६ औं मिनेटमा सो निर्णायक गोल बार्साका लागि इभान रेकिटिकले गरेका थिए।
एक साताबीचमा रियल बार्सिलोनासँग हारेको यो दोश्रो पटक हो। गत बुधबार स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको दोश्रो लेगमा पनि रियल बार्सिलोनासँग हारेको थियो।
रियल मड्रिडका लागि करिम बेन्जिमा र राफाएल भारानेले गोल गरेर रियललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएन।
पराजित भएपछि रियल लिगको तेश्रो स्थानमै रहन बाध्य भएको छ। हिजोको खेल जितेको भए दोश्रो स्थानमा उक्लने मौका उसलाई थियो। रियल मड्रिडको २६ खेलबाट ४८ अंक रहेको छ ।
-By Nirdesh pokhrel
Post a Comment