काठमाडौं। हलिउड गायक तथा निककी पूर्वप्रेमिका माइली साइरसले प्रियंकाको रुपको खुलेर प्रशंसा गरेकी छन् । चोपडा जोनस हालै भ्यानिटी फेयर अस्कर आफ्टर पार्टीमा देखिएकी थिइन् । ब्ल्याक एली गाउनमा प्रियंका निकै आकर्षक देखिएकी थिइन् ।
प्रियंका आफ्ना श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा पुगेकी थिइन् । प्रियंकाको यो लुकले माइली साइरसलाई प्रभावित गरेपछि खृनले खुलेर तारिफ गरेकी छन् । २६ वर्षे माइलीले निकसँगको प्रियंकाको फोटोमा कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् ।
सेलिब्रिटी मेकअप आर्टिस्ट पेटी डुबराफले प्रियंकाको एउटा तस्बिर आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । यसमा माइली साइरसले कमेन्ट गरिन्, ‘सुन्दर । धेरैभन्दा धेरै माया ।’ माइली र निक कुनै बेला प्रेमी प्रेमिका थिए । यंकाको पछिल्लो फिल्म इजन्ट इट रोमान्टिकमा माइलीका पिता लियाम हेम्सवर्थ पनि देखिएका थिए ।
अन्य समाचार
सुपरस्टार बन्न सलमानलाई यी चर्चित पाँच हिरोइनले दिएका थिए साथ
एजेन्सी- अभिनेता सलमान खानको बलिउडमा अहिलेसम्म पनि दबदबा कायमै छ । उनले आफ्नो स्टारडममै फिल्म चलाउने गरेका छन् ।
तर, उनले यो सफलता एक्लै हासिल गरेका भने होइनन् । उनको यस्तो स्टारडम हुनुमा उनीसँग अभिनय गरेका केही अभिनेत्रीहरूको ठूलो भूमिका छ । करिअरको सुरुवाती चरणमा सलमानले साथ पाएका पाँच हिरोइन निम्न छन् स्
सलमान खानको पहिलो फिल्म ‘मैंने प्यार किया’ थियो । त्यो फिल्ममा उनको साथमा थिइन्, हिरोइन भाग्यश्री । यो फिल्मले सलमानलाई रातारात स्टार बनाएको थियो ।
भाग्यश्रीकै कारण सलमान लाई अहिलेको स्टारडम मिलेको बताइन्छ । त्यतिवेला मैने प्यार कियाको सफलताको मूल श्रेय हिरोइन भाग्यश्रीलाई नै गएको थियो ।
माधुरी दीक्षितको साथमा आएको फिल्म ‘हम आपके है कौन’ सलमानको करियरको टर्निङ पोइन्ट नै थियो । यो सलमानको फिल्मी करियरको पहिलो अल टाइम ब्लकबस्टर फिल्म हो । तर, यो फिल्मको सफलताको श्रेय पनि माधुरीले नै लिएकी थिइन् ।
सलमान र करिश्मा कपुरले केही फिल्ममा सँगै काम गरे । तर, उनीहरूको ‘बिबी नम्बर १’ फिल्म सुपरहिट भयो । त्यो फिल्म त्यतिवेला आएको थियो, जतिवेला सलमानलाई हिट फिल्मको खाँचो थियो । यस्तोमा करिश्माले नै उनको साथमा काम गरेर उनको करिअर बचाइदिएकी थिइन् ।
ऐश्वर्या राय बच्चनको साथमा आएको संजय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ ब्लकबस्टर चल्यो । त्यस फिल्ममा ऐश्वर्या र सलमानको प्रेमकहानी निकै मन पराइयो ।
फिल्म ब्लकबस्टर हुनुमा ऐश्वर्याको सुन्दरता प्रमुख एक कारण मानियो । फिल्ममा सलमान र ऐश्वर्याका साथमा अजय देवगण पनि प्रमुख भूमिकामा थिए ।
भूमिका चावलाले ‘तेरे नाम’ फिल्ममा सलमानसँग काम गरिन् । त्यसका अघि आएका सलमानका प्रायः फिल्म फ्लप भएका थिए । सतिश कौसिक निर्देशित ‘तेरे नाम’ सलमानको करिअरको अर्को टर्निङ थियो ।
तेरे नाममा सलमानको अभिनय र भूमिकालाई दर्शकले औधि मन पराए । हिरोइन भूमिकाकै कारण तेरे नाम अधिक सफल भएको बताउने गरिएको छ । ब्लकबस्टर तेरे नामपछि सलमानले पछि फर्किएर हेर्नुपरेको छैन । नयाँ पत्रिकामा खबर छ ।
-By Nirdesh pokhrel
Post a Comment