नेपालका लागि अमेरिकी राजदूतहरूले यहाँ मनाइने हरेक चाडपर्वको शुभकामना दिने गरेका छन् । अमेरिकी दूतावासले आफ्नो फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालको ह्यान्डिलबाटै शुभकामना दिने गरेका छन् ।
नेपालमा रहेका जुनसुकै समुदायले मनाउने चाडपर्वबारे अमेरिकी राजदूतको विशेष आस्था र श्रद्धा हुने गरेको उनीहरूले सार्वजनिक गरेको तस्बिरहरूबाट थाहा हुन्छ ।
हाल नेपालका लागि अमेरिकी राजदूतमा रेन्डी बेरी रहेका छन् । उनी १० वर्षअघि नेपाल आएका थिए । त्यसबेला उनले पशुपतिनाथको मन्दिरमा पुगेर साधुसँग खिचाएको तस्बिर सोमबार बिहान ट्विट गरेका छन् । उनले महाशिवरात्रिको शुभकामना पनि दिएका छन् ।
अन्य समाचार
आमिर खानले छोडेको ६ फिल्म जसले शाहरुख खानलाई सुपर स्टार बनायो
एजेन्सी, बलिउड अभिनेता आमिर खानले थुप्रै सफल फिल्ममा काम गरेका छन् । उनले अभिनय गरेको अक्सर फिल्म सुपरहिट भएको कुरा धेरैलाई थाहा छ।
आमिरलाई अफर आएपनि नखेलेका कति चलचित्रले अर्का अभिनेतालाई सफलताको बाटो कोरिदिएको कुरा भने कमैलाई थाहा होला । आमिर खानले नखेलेका तिनै फिल्मले शाहरुख खानलाई सुपर स्टार बनाएको थियो ।
यी हुन् आमिरले छाडेका ६ फिल्म
१. डर १९९३ मा यस चोपडाले निर्माण गरेको फिल्म ’डर’मा पहिले आमिर खानलाई छानिएको थियो तर आमिरले फिल्म खेल्न नचाहेपछि फिल्म शाहरुख खानको हातमा परेको थियो । उक्त फिल्मले बक्स अफिसमा राम्रो आम्दनी गरेको थियो ।
२.दिलवाले दुल्हनिया ले जायेंगे सन् १९९५ मा निर्देशक आदित्य चोपड़ाले निर्देशन गरेको फिल्म ’दिलवाले दुल्हनियां ले जायेंगे’ पनि पहिले आमिर खानलाई अफर गरिएको थियो । तर फिल्ममा आफ्नो रोल मन नपरेको बताउदै उक्त फिल्म छोडेपछि मात्र शाहरुखलाई अफर गरिएको थियो । यस चलाचित्रबाट शाहरुखले फिल्मफेयर बेस्ट एक्टरको अवार्ड पनि जितेका थिए ।
३. दिल तोपागल हे सन् १९९७ मा पुन निर्देशक यस चोपडा ले ’दिल तो पागल हे’ का लागि गरेको अफरमा पनि अमिरले फिल्मको कथा मन नपरेको भनेर नखेल्ने निधो गरेपछि शाहरुखलाई दिइएको थियो ।
४. मोहब्बते सन् २००० मा आदित्य चोपडाको फिल्म ’मोहब्बते’ पनि शाहरुखलाई अफर गरिनु पहिले आमिर लाई स्क्रिप्ट सुनाईएको थियो तर आमिरले रोमान्टिक रोल आफुलाई मन नपरेको भन्दै फिल्मबाट हात झिकेका थिए ।
५. जोश सन् २००० मा नै फिल्म जोश को अफर पाएका आमिरले उक्त फिल्मको स्क्रिप्ट अनुसार आफुलाई भन्दा बढी शाहरुख खानलाई मिल्दो कथा भएको बताउदै अफर ठुक्र्याएका थिए ।
६. स्वदेश सन् २००० मा आएको आशुतोष गोवारिकरको फिल्म ’स्वदेश’ पनि शाहरुख अघि आमिरलाई नै अफर गरिएको थियो । तर आफु फिल्म लगानमा आशुतोषसँग काम व्यस्त रहेको भन्दै फिल्म खेल्न मनाही गरेपछि मात्र फिल्म साहरुखलाई अफर गरिएको थियो ।
-By Nirdesh pokhrel
Post a Comment