काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरुको अभाव भएको टिप्पणी गरेका छन् । डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘अहिले राजनीतिक क्षेत्रमा को मान्छे छ, जसको नाम सुन्दा तपाई शिर निहुराउनु हुन्छ ?’
उनले अघि भने, ‘मनमोहन, पुष्पलाल, कृष्णप्रसाद, वीपी वा गणेशमानको नाम भने भनेँ शिर आफैं निहुरिन्छ ।’
पूर्वराष्ट्रपति यादवले अहिले इमान्दार मान्छेहरुले चुनाव जित्न नसक्ने अवस्था आएको समेत बताए । कांग्रेस लगायतका दलहरुले प्रत्यक्षतर्फ ठेकदारलाई टिकट दिएको र समानुपातिकको सिट बेचेको आफूले सुनेको उनले बताए ।
अन्य समाचार
भारत–पाकिस्तान तनावले राष्ट्रपति भण्डारीलाई चिन्ता
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।
शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनँले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढ्न पनि सबैलाई आह्वान गरिन्।
राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सहअस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याइन्।
राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने उल्लेख गरिन्। ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन्।
-By Nirdesh pokhrel
Post a Comment