दुई चर्चित नेकपाकी नेतृ नविना लामा र रामकुमारी झॉंक्री प्रतिनिधिसभा तर्फको समानुपातिक सांसद हुन् ।केहि दिन अगाडी नेपाल आजको कार्यक्रममा झाक्री धुरुधुरु रोईन् ।देश र विदेशमा निकै बहस र टिकाटिप्पणी पनि भयो ।
यो घटना सेलाउन नपाउदै प्राइम टेलिभिजनको कार्यक्रममा नविना लामापनि धुरुधुर रुनु भयो ।रुन र हास्न पाउने अधिकार सवैलाई छ ।तर , यि दुईजना महिला रुनुले जनमानसमा विशेष चासो भएको छ ।सवैको ध्यान तानिएको छ ।
जनताको आवाज बनेर राज्यको मुलधारमा राजनिति गर्ने जो कोहिपनि जनताको निगरानीमा पर्नु स्वाभाविक पक्ष हो ।तथ्य वाहिर आउनु र त्यसलाई सवैले ग्रहण गर्नुपनि सकरात्मक नै हो ।
नविना र झाक्री बारे अलि कुरा जोड्न चाहन्छु । अनेरास्ववियुकी अध्यक्ष नविना लामा र पार्टीकी केन्द्रीय सदस्य एवं पूर्व अध्यक्ष रामकुमारी झाँक्री समानुपातिक तर्फका सांसद बन्नु भएको हो ।ततकालिन एमालेले पाएको समानुपातिक तर्फको मतमध्ये ३३ प्रतिशत महिला प्रतिनिधित्वको संवैधानिक व्यवस्थाअनुसार ३७ जना महिलालाई अनिवार्य रुपमा प्रतिनिधि सभामा सांसद बनाएर पठाउनु पर्ने नियम थियो ।
प्राथमिकता अनुसार झाँक्री महिलातर्फ चौथो नम्बरमा थिन् भने लामा सातौं नम्बरमा हुनुहुन्थ्यो ।सासंद हुने पक्कापक्की भएपछी दुवैको राजनैतिक भविश्यमा एकाएक तिहार आएकै हो । केहि गरेर देउन्छौ भन्ने साहस दुबैमा थियो ।
१ वर्ष नवित्दै दुवै जना धुरुधुरु रुनु लाई कुनै न कुनै स्वार्थ देखिन्छ । पार्टी भित्र नेत्रित्वले व्यवस्थापन गर्ने कुरामा चासो नदिएको हो भन्ने कुरा झाक्रीको गुनासो बाटै स्पस्ट हुन्छ ।
या त दुवै जनालाई मन्त्री बन्ने बडो चाहना हो कि भनेर भन्दा पनि फरक पर्दैन् । किनकी सासंद बनिसकेका जो कोहिपनि मन्त्रीकालागि योग्य हुन्छ ।
दुवै जना पार्टी र अध्यक्षको निर्णय भयो भने मन्त्री बन्न सक्ने हैसियत बोकेका महिलाहरु हुन् । दुवैले मिडियामा आएर धुरुधरु रुनुलाई पार्टी भित्रबाट कुनैपनि नोटिसमा नपरेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । जे होस , दुवै जना नारी शक्ती मा हुदाहुनै धुरुधुरु रुदै हुनुहुन्छ ।अन्य सामान्य नारीहरुको हालत के होला ? नारीहरुको आवाज बोकेका यि नारिहरु टेलिविज़नको पर्दा रुदै गर्दा अन्य महिलाहरुपनि कमजोर भएको महसुस गर्ने छन् । बरु रुनबाट रोक्नुपर्ने भयो । यिनको क्षमताको परीक्षण गर्ने बेला आयो ।
पद पाएर काम गर्न सके जनताले पत्याउनेछन् अन्यथा सेलाएर जान बाहेक उपाए छैन् ।पार्टी ठुलो छ । सवैको चित्त बुझाउन केपी र प्रचण्ड काकालाई भ्याईनभ्याई छ ।कहिले कोहि टुन्किने कहिले कोहि ।हाम्री यि जुझारू युवा नेतृ रुनुको बाहेक अरु कुनै बाटो देखेनन् की ? ठ्याक्कै अनुमान गर्न सकिन्छ ।आदरणीय केपी र प्रचण्ड काका, बरु सकिन्छ भने ग्वॉंग्वॉं गरेर रुने यि दुवै नारीहरुलाई मन्त्रालयको चाबी दिएर आँसु पुछिदिनुहोस् !!!
-By Nirdesh pokhrel
Post a Comment