एजेन्सी। एसियाका शक्तिशाली देश भार र पाकिस्तानबीच युद्धको शंखघोष कति बेला हुने हो भन्ने त्रास अझै घटेको छैन । एक अर्काले धम्की दिइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान एकाएक नरम बनेर आउनुभएको थियो । विश्वसमुदायले शान्ति चाहेका कारण आफु शान्तिको पक्षमा रहेको भन्दै भारतसँग शान्ति वार्ताको आह्वान गर्नुभएको थियो ।
सुरुवात देखि नैं उहाँ शान्तिका पक्षमा हुनुहुन्छ । लड्न कै लागि आफुहरु भारत भन्दा निक्कै बलियो भएको प्रमाणित सैन्य विमान खसाएर देखाइसकेको भन्दै इमरानले जनतालाई त्रास हुने दुख हुने अशान्ति मच्याउन आफुले नचाहेको बताउनुृभएको थियो । यसैले अहिले विश्वभरी खानलाई विश्वकै ठूलो अवार्ड विश्व शान्ति नोवल पुरस्कार दिनुपर्ने आवाज उठिरहेको छ ।
इमरान आफु शान्ति चाहेको भन्दैं हिडिरहेका बेला भारतमा लोक सभा निर्वाचन नजिक आउँदैं गर्दा पुलवा घटना घट्यो । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबरलाई आधार मान्ने हो भने यो आतंकवादी आक्रमण थियो ।
तर निर्वाचनको मुखैंमा आफ्ना ४६ जना जवान शहीद हुने गरि भएको आक्रमणलाई कतिपयले यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकोे पार्टी भारतीय जनता पार्टीको षडयन्त्र भएको जनाएका छन् । यो कुरा अहिले पाकिस्तानमा मात्रैं होईन, भारतभर उठ्न थालेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले निर्वाचनमा जित्नको लागि कत्ति जवान शहीद बनाउँन चाहान्छौं ? भनेर मोदी सरकारलाई प्रश्न गर्नुभएको छ ।
भारतीय तर्फबाट पाकिस्तान सीमा भित्र गएर आक्रमण भएपछि पाकिस्तानले पनि जवाफ दिने बाध्यात्मक अवस्थामा भारतीय सीमा क्षेत्रमा आएर आक्रमण गरेको थियो ।
दुई देशका बिचमा भएको दोहोरो आक्रमणमा पाकिस्तानले दुई लडाकु विमान खसालेको जनाएको थियो । जसमा एक जना विंग कमान्डर अभिनन्दन जो पाकिस्तानी सेनाको कब्जामा रहेका थिए ।
उनी प्रकाउ परेको केही घण्टामा नैं पाकिस्तानले शान्ति पहलका लागि भनेर उनलाई सम्मानका साथ भारत फिर्ता पठाएको थियो । भारतले यसमा प्रतिकृया दिदैं यो कुनैं महानता नभएको बल्की जेनेभा सन्धीले गर्दा फिर्ता गरेको जवाफ फर्कायो । अहिले पनि भारत पाकिस्तान सीमा क्षेत्रमा तनाब कायमैं छ ।
आज मात्रैं पनि भारतीय सेनाको आक्रमणमा परेर दुई भारतीय सैनिक मारिएको खबर आइरहेका छन् । यस्तैं संख्यामा पाकिस्तानी सैनिक पनि मर्ने गरेका छन् । भारत र पाकिस्तान बिच लामो समय देखि जम्मु कश्मीरको विषयलाई लिएर विवाद भइरहेको छ ।
यो बिचमा भारतीय जेलमा रहेका एक पाकिस्तानीलाई भारतले लास फिर्ता पठाएको छ । आफ्ना पाइलट फिर्ता भएको एक दिन पछि उपहारमा मोदी सरकारले १५ वर्ष विनाकारण जेलमा राखेर एक पाकिस्तानी नागरिकलाई वागा सीमा नाकाबाट फिर्ता गरेको हो ।
भारतीय जेलमा १५ वर्ष कैंदी जीवन बिताएर ज्यान गुमाउने पाकिस्तानीको नाम शकीरुल्लाह रहेको छ । जो राजस्थानको जोधपुर जेलमा रहेका थिए, उनलाई आतंकवादीको संज्ञा दिएर अनेक यातना दिएर हत्या गरिएको हुन सक्ने देखिएको छ ।
-By Nirdesh pokhrel
Post a Comment