काठमाडौँ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उहाँको आज निधन भएको हो ।
उहाँको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।
उहा निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालले घोषणा गर्न भने बाँकी रहेको छ ।
नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित हुनुहुन्थ्यो । उहाँ मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुनुभएको थियो ।
त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उहाँकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।
पूर्वअर्थमन्त्री अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो ।
त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभएको थियो । अस्पतालमा सुत्केरी हुनेले अहिले पनि हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्, जुन उहाँकै अर्को जनमुखी कार्य रहेको छ ।
अन्य समाचार
हेलिकप्टर दुर्घटना : रविन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल खोज्दै सेना
ताप्लेजुङ- पाथीभरा क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको अन्तेष्टि भयो ।
अरु मृतक सहित अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पनि शुक्रबार अन्तेष्टि भइसकेको छ । तर, घिमिरेले बोकेको पेस्तोल खोज्न सेना अझै घटनास्थलमा छ ।
मन्त्रीका अंग रक्षक घिमिरेले बोकेको पेस्तोल खोज्न नयाँ रणभीम गुल्मका सेना लगातार खटिएका हुन् । सेनाका अधिकृतले छानविन टोलि आउन बाँकि रहेकाले घटनास्थललाई सुरक्षित राख्नपनि त्यही रहनु परेको घटनास्थलमा रहेका सेनाले बताएका छन् । तर, मुख्य उद्देश्य चाँही पेस्तोल खोज्नु नै हो ।
एक सुरक्षा अधिकारीका अनुसार पेस्तोल हत्तपत्त जल्दैन र ध्वस्त पनि हुँदैन । त्यसैले त्यो दुरुपयोग हुनसक्ने जोखिमलाई कमगर्न लगातार खोजिएको हो ।
स्थानीयका अनुसार हिउँ पर्नथालेपछि सुरक्षित हुने मौसम खुलेपछि घटनास्थलमा पुग्ने गरेका छन् । नजिकको बस्ती एक घण्टाको दुरीमा भएकाले खाना खानभने पालो मिलाएर त्यहाँसम्म आउने गरेको स्थानीय बताउँछन् । शव संकलन गरिसकेपछि नै सुरक्षा निकायले पेस्तोलमा ध्यान दिएको थियो ।
बिहिबार बिहान सबै शव हेलिकप्टरमा पठाएपछि प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा सहितका प्रहरी, सशस्त्र र सेनाको टोलिले खोजी प्रभावकारी बनाए । तर, बाक्लो हिउँ पर्नथालेपछि सबै तितरबितर भए र फेदीमा फर्किए । ‘(कान्तिपुर)
-By Nirdesh pokhrel
Post a Comment