काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
आर्मीका कप्तान भरत खवासले दुई पटक गोल गर्ने अवसर पाए पनि उनको प्रहार सफल हुन सकेन । नवौं मिनेटमा भरतको कर्नरलाई बिबिसीका गोलकिपरले पन्च गरे । त्यस्तै ३६ औं मिनेटमा पेनाल्टी बक्सबाट उनको प्रहार विपक्षी रक्षकले क्लियर गरे ।
४० औं मिनेटमा बिबिसीका मनोज राईको फ्रिकिक गोलकिपरले रोके । आर्मीले जारी सिजनमा यसअघि ६ मध्ये ४ मा जित र २ मा बराबरी खेलेको थियो । बिबिसीले ६ खेलमा १ जित र १ बराबरीका साथ ४ अंक जोडेको छ । आजै शीर्षस्थानको मनाङ मस्र्याङ्दीले मछिन्द्र क्लबको सामना गर्नेछ ।
-Nirdesh pokhrel
Post a Comment