काठमाडौं, १५ पुस । ट्याक्सी व्यवसायीहरुले ट्याक्सीको भाडादर बढाउन माग गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले २०६९ सालदेखि ट्याक्सीको भाडा नबढेको भन्दै समय अनुसार भाडा बढाउन माग गरे ।
अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरे । ‘ट्याक्सीचालकहरुले भोगिरहेको जीवनको वास्तविकता के हो ? यसका आन्तरिक र बाह्य कारणहरु छन्, सरकार यस क्षेत्रको सुधार दण्डित गरेरमात्रै सम्भव देख्छ’ उनले गुनासो गरे ।
लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘ट्याक्सी चालकलाई ठग करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पु¥याउने काम गरेको छ, समस्याको रहस्य र समाधान नखोज्ने, हामीलाई २०६९ को भाडादरमा सेवा गर भन्ने, अनि जनताकोबीचमा हाम्रो बारेमा भ्रम सिर्जना गर्ने काम भएको छ’ उनले गुनासो गरे ।
सरकारले अहिलेपनि अवैज्ञानिक ढंगको भाडा लादेर ट्याक्सी व्यवसायीमाथि अन्याय गर्ने काम गरेको गुरुङको गुनासो छ ।
Post a Comment