चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो ।
यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा तयार गरिने भारतीय मिडियाले उल्लेख गरेका थिए ।
तर, अब यो चलचित्रबाट नायिका कट्रिना कैफले हात झिकेकी छिन् । नायिका कैफले समय नमिलेको कारण जनाउँदै चलचित्रमा काम नगर्ने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
कट्रिना अहिले नायक सलमान खानसँग चलचित्र ‘भारत’मा काम गरिरहेकी छिन् । यो चलचित्रको छायांकन समयसँग रेमोको चलचित्रको छायांकन समय जुधेपछि कैफले हात झिक्ने निर्णय गरेकी हुन् ।
नायिका प्रियंका चोपडाले काम गर्न नमानेपछि कैफले सलमानको चलचित्रमा काम गरेकी थिइन् ।
अन्य समाचार
पार्टी लगतै सलमानको घर किन पुगिन् प्रियंका ?
नायिका प्रियंका चोपडा र नायक सलमान खानको दुश्मनी अब विस्तारै सकिदैछ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो ।
तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् । यसपछि सलमान प्रियंकासँग रिसाएका थिए ।
तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित भए । सलमानको प्रवेश पार्टीको सर्वाधिक चर्चाको बिषय बनेको थियो ।
सलमान खान पार्टीमा उपस्थित भएपछि नायिका चोपडा पनि खुबै खुशी देखिएकी थिइन् । यसैले, उनले पार्टी सकिए लगतै सलमान खानको घरमा पुग्ने निर्णय गरिन् । सलमानको परिवार यो पार्टीमा उपस्थित हुन सकेको थिएन ।
यसैले, आफ्ना श्रीमान् निक जोनसलाई लिएर प्रियंका सलमानको ग्यालेक्सी अपार्टमेन्ट पुगेको भारतीय मिडियामा उल्लेख छ ।
उनले, ग्यालेक्सी अपार्टमेन्टमा सलमानको परिवारसँग भेटेर आर्शिवाद लिएकी थिइन् । सलमानको घरमै पुगेर प्रियंकाले भेटघाट गरेपछि उनीहरुविचको शितयुद्ध अब सकिएको अड्कल लगाउन सकिन्छ ।
-By Nirdesh pokhrel
Post a Comment