१५ पुस, काठमाडाैं । प्रभु बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका-४, रानीबास, बलेटक्सारमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित एक समारोहमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले प्रभु बैंकको रानीबास शाखा कार्यालयको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र रुरु गाउापालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।
बैंकले रानीबास शाखा उद्घाटनको अवसरमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको बैंकले जनाएको छ । शाखाबाट सेवाग्राहीले गुणस्तरीय सेवा उपभोग गर्ने बैंकको दाबी छ ।
Post a Comment