मेलबर्न । अष्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्युको कारण खुलेको छ । अनुसन्धान अनुसार, आफूले रेखदेख गर्दै आएको बालकलाई बचाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
अष्ट्रेलियन
सेभेन न्युजसंगको कुराकानीमा बालकको परिवारले आफ्नो बच्चाको जीवन रक्षाको लागि जीवन बलि दिएका निश्चल आफूहरुको लागि हिरो रहेको बताएका छन् ।
उनीहरुले निश्चल सधै एक असल व्यक्ति रहेको तथा आफूहरुले अत्यन्तै माया गर्ने गरेको र सधै उनलाई याद गरिरहने बताएका छन् ।
२२ वर्षीय निश्चल बिहिबार बेलुका ४ बजे देखि हराइरहेका थिए । ग्लेनेल्ज समुद्री किनारबाट हराएका उनको सकुशल उद्धारको लागि प्रहरी खटिएको थियो ।
तर, शुक्रबार साँझ ७:३० बजे बोट र्याम्पमा उनको शव भेटिएको थियो । परिवारका कान्छा छोरा निश्चल तीन वर्ष अघि अष्ट्रेलिया आएका थिए ।
"He is a hero," – Young boy's parents mourn the death of his carer
"He saved Kevin's life,"The mother of a young boy with autism has hailed 22-year-old Nepalese migrant Nischal Ghimire as a hero. His body was found at West Beach on Friday night, nearly two days after going missing at Glenelg. It is believed he died attempting to rescue the 10-year-old from the water. Report in 7 News at 6pm. More: https://bit.ly/2R1bGG3www.7plus.com.au/news#7News
Posted by 7 News Adelaide on Saturday, December 29, 2018
निश्चल एडिलेडस्थित क्लेयरेन्स पार्कमा बसोबास गर्दै आएका थिए । नर्सिङ्ग पेशामा आबद्ध उनले १० वर्षीय बोल्न नसक्ने एक बालकको हेरचाह गर्दै आएका थिए
बिहिबार पनि उनी बालकलाई लिएर समुद्री किनारमा पुगेका थिए । हराउँदा निश्चलको कार, पर्स र लुगा र मोबाइल समुद्र तटमै समुद्री किनारमा थियो भने बालक अत्तालिंदै एक घरको ढोका ढक्ढकाउन पुगेका थिए ।
-By Nirdesh pokhrel
Post a Comment