काठमाडौँ – सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् ।
एआइजी
उनले बा.२ झ ११७४, बा.१ झ ६०९१, बा. झ ८२६६, बा. २ झ ३६८, बा. २ झ ११७१, बा. २ झ २३९१, बा. १ झ ६६१३ र बा. १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।
त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा. १ च ३२०९, बा. ५ च २२६४, बा. ८ च ७१९०, बा. १० च ३९२० र बा. ७ च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।
यी मध्ये बा. १० च ३९२० नम्बरको उनकी छोरी र बा. ७ च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
अन्य समाचार
राम्रीमा अस्ताए ‘राम्रा शिक्षक’
दाङ – दिदी लक्ष्मीको जन्मदिन । गत शुक्रबार बिहान साढे तीन बजे घोराही उपमहानगरपालिका– २ का प्रदीप घिमिरेले दिदीलाई फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका थिए ।
दिदीसँगै आफ्नो तस्बिर पोस्ट गरेर प्रदीप बिहान ६ बजेतिर विद्यार्थी लिएर सल्यान उक्लिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।
सहिद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका आफ्ना विद्यार्थीलाई सल्यानको वनस्पति उद्यान घुमाएर फर्कने क्रममा राम्री भन्ने ठाँउमा बस दुर्घटनामा परी प्रदीपको निधन भयो ।
आफ्ना गुरु तेज कुँवरसँग प्रदीपले बाचा गरेका थिए, ‘सल्यानबाट फर्कनासाथ सरसँग रमाइलो भेटघाट गर्छु ।’ ३१ वर्षीय प्रदीप गुरुसँग कहिल्यै भेट नहुने गरी अस्ताए ।
गुरुचेला दुवैले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढाउँदै आएका थिए ।
-By Nirdesh pokhrel
Post a Comment