धरान। धरानमा मिस नेपाल वल्र्ड २०१८ की श्रृङ्खला खतिवडा धरानमा पनि चम्किइन् । कलेजी रङ्गको वानपिस त्यसमाथि तातो ज्याकेटमा सजिएकी उनी धरान–१५ स्थित होटल इजी राइडर्समा देखिँदा सेल्फी र फोटोसुट गर्नेको कमी थिएन ।
उनले आफै पनि पटक पटक सेल्फी हानिरहिन् । यसअघि नै मिस पूर्वाञ्चलकी बिजेता बनेकी नेहा बजाजसँगै प्रमुख अतिथि बनेर बसेकी उनले सँगै बसेका साथीभाइसँग पनि सेल्फी हानिन् ।
हेटौंडाकी उनी धरान आएपछि भोटिङबारे खुलिन् । ‘धन्यवाद तपाईहरूलाई जसले मलाई धेरै धेरै भोटिङ गरेर सहयोग गर्नुभएको थियो ।’ उनले कार्यक्रमस्थलमा भनिन् । उनलाई वरिपरि युवा साथै सेक्युरिटी गार्डले घेरेर कार्यक्रमस्थल साथै उनको रूमसम्म पुरयाउने गरेका थिए ।
चीनमा भएकोे मिसवल्र्ड २०१८ मा टप १२ सम्म पुग्न सफल उनले मल्टिमिडिया र ब्य्टी विद् अ पर्पस अवार्ड जितेर धेरैको मन जित्न सफल भएकी थिइन् । ब्युटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् ।
अन्य समाचार
सोनीकाले सुरु गरिन ‘द सोनीका शो’ पहिलो अतिथि सेक्सी सुष्मा, पुजा शर्माको कुरा काट्दै ठिक्क
चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ”द सोनिका शो” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन ।
पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावर भएको अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु र पुजा विचमा कुनै नकारात्मक कुरा नभएको र कुनै पनि विषयमा लेन देन समेत नभएको बताइन ।
सो विषयमा कुनै पनि कुरा गर्न नचाहेको सो कार्यक्रममा सोनिका लाई बताएकी छन । आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी पुन युटुवको दुनियाँमा रमाइलो कार्यक्रम सोनिका सो लिएर आएको सोनिकाले बताइन ।
कार्यक्रममा आगामी समयमा रोचक, मनोरञ्जनात्मक गतिविधि लाई समेटने बताइएको छ। हेर्नुहोस द सोनिका शो को अंश ।
-By Nirdesh pokhrel
Post a Comment