काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना हुने संयुक्त अरब एमिरेट्स (यूएई) भ्रमणका लागि २० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । नेपालले यूएईमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ ।
प्रारम्भिक छनोटमा यसपटक केहि नयाँ अनुहारहरुलाई पनि स्थान दिइएको छ । पछिल्लो समय फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका युवा खेलाडी भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक स्थान बनाएका छन् । तीव्र गतिका बलर विक्रम सोब र अभिनाश बोहोरा पनि टोलीमा फर्केका छन् । यसअघि दुवै बलर प्रशिक्षणमा भने नेट बलरका रुपमा समावेश थिए ।
नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ । सिरिजका सबै खेल दुबईमा हुनेछ । नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो । नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।
नेपालले अगस्टमा वान डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान डे श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । त्यस्तै नेपालले तेस्रो वानडे युएईसँग एसिया कप छनोटमा खेलेको हो । नेपालले हालसम्म खेलेका ३ वान डे खेलिसकेको छ ।
प्रारम्भिक टोली :
पारस खड्का (कप्तान)
अभिनाश बोहोरा
वसन्त रेग्मी
भीम सार्की
विक्रम सोब
विनोद भण्डारी
दिपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
ललितसिंह भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदिप ऐरी
रोहित कुमार पौडेल
सन्दिप लामिछाने
शरद भेषावकर
सोमपाल कामी
सन्दिप जोरा
सुशन भारी
पूर्ण तालिका :
२५ जनवरी – शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी – शनिबार – दोस्रो ओडीआई
२८ जनवरी – सोमबार – तेस्रो ओडीआई
३१ जनवरी – बिहीबार – पहिलो टि-२०आई
१ फेब्रुअरी – शुक्रबार – दोस्रो टि-२०आई
३ फेब्रुअरी – आइतबार – तेस्रो टि-२०आई
सबै खेल दुबईमा हुनेछ
Post a Comment