एजेन्सी । रूसको साइबेरिया स्थित नॉरिल्स्क शहरलाई चिसो धेरै हुँने सहरका रुपमा लिइन्छ । त्यहाँ स्थानीय दूई महिना सम्म (डिसेम्बर -जनवरी) सम्म सुर्योदय देख्न पाउँदैनन्।
तापक्रम
बर्षको ३६५ दिनमा २ सय ७० दिन सम्म हिउ जम्ने उक्त ठाउँमा त्यहाँ कति जाडो हुन्छ भन्ने कुरा सहजै अनुमान लगाउँन सकिन्छ।
उक्त शहरको न्युनतम तापक्रम माइनस १० डिग्री सेल्सियस : १ लाख ७५ हजार जनसंख्या भएको नॉरिल्स्क शहरमा जाडोयाममा न्यूनतम तापक्रम मानइनस ६१ डिग्री सेल्सियस हुने गर्छ। जहाँ औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुने गर्दछ।
रूसको राजधानी मस्को बाट नॉरिल्स्क करीब २९०० किमी टाढा छ। उक्त ठाउँमा पुग्न विमानको सहायताले यात्रा गर्न सकिन्छ। न्यूयोर्क टाइम्सका अनुसार नॉरिल्स्कलाई प्लाटिनम, निकल भण्डारण भएको रुसकै धनी सहरका रुपमा लिइन्छ।
-By Nirdesh pokhrel
Post a Comment