मनाङ मर्स्याङदी क्लब विरुद्ध मछिन्द्र क्लब
प्रत्यक्ष प्रसारण
प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
मनाङले जितविहिन र गोलविहिन रहेको मछिन्द्रको सामना गर्नेछ । जारी लिगमा मछिन्द्र गोल गर्न नसक्ने एकमात्र टोली हो । यसका बाबजुद मछिन्द्रले लिगमा ७ गोल मात्र खाएको छ । ६ खेलमा ३ बराबर र ३ हारसहित टोलीले ३ अंक जोडिसकेको छ ।
मनाङले पछिल्लो खेलमा जावलाखेललाई हराउन निकै कसरत गर्नुपर्यो । अन्जन विष्टको पेनाल्टी गोलमा मनाङ विजयी रहेको थियो । मछिन्द्रले पुलिस र च्यासलबाट अंक खोस्दै लिगमा राम्रो सुरुवात गरेको थियो । मनाङले पनि मछिन्द्रबाट बच्न सकेसम्म चाँडो गोल गर्नुपर्ने देखिन्छ । दुई विदेशी फरवार्ड उतारेको मनाङको प्रदर्शन सोचेअनुरुप हुन सकेको छैन ।
-Nirdesh pokhrel
Post a Comment