हेटौंडा। मकवानपुरको मनहरिका गरिब, विपन्न तथा असहायहरूलाई मिस नेपाल शृंखला खतिवडाले न्यानो कपडा प्रदान गरेकी छन्।
शृंखला
जाडोमा कष्टकर जीवनयापन गर्दै आएका मनहरि–६ का चेपाङ तथा दलितका ३० घरपरिवारलाई न्यानो कपडा सिरक डस्ना प्रदान गरिएको हो।
उनले प्रत्येक घरपरिवारलाई एक जोरका दरले न्यानो कपडा प्रदान गरेकी हुन्। मिस नेपाल खतिवडाले रोट्र्याक इन्टरनेसन क्लबसँगको सहकार्यमा न्यानो कपडा वितरण गरेकी हुन्।
मिस वल्र्डको समाप्तिसँगै उनले नेपालका विभिन्न स्थानमा गरिब र असहायलाई सहयोग गर्दै आएकी छन्। नेपाल समाचारपत्रमा खबर छ।
अन्य समाचार
प्रहरीलाई अचानक देखेर हृदयघात भई महिलाको मृत्यु
राजविराज– सप्तरीमा आज बिहान एक महिलाको हृदयघात कारण मृत्यु भएको छ। विद्युतचुहावट नियन्त्रणका लागि प्रहरीसहित खटिएको विद्युत कर्मचारीको टोली राजगढ गाउँपालिका २, की ४० वर्षीया सवितादेवी झाको घरमा पुगेपछि हृदयघात भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युत चोरी नियन्त्रणका नाममा राति ४ बजे नै घरमा पसेर प्रहरीसहितको टोलीले वादविवाद गर्न थालेपछि त्रसित भएर सवितालाई हृदयघात भएको उनका पति अनिल झाले बताए।
‘सुतिरहेको वेला हतियारसहित घरमा पसेर हप्काउन थाले,’ उनले भने,‘त्यही डरले बेहोस भएर उनी लडिन्।’
सविताको मृत्युपछि आक्रोसित बनेका स्थानीयले पोष्टमार्टमका लागि शव उठाउन दिएका छैनन्।
प्रहरीले घटनाको जिम्मेवारी लिएर परिवारलाई राहत र क्षतिपूर्ति दिने सम्झौता नभएसम्म शव उठाउन नदिने वडा अध्यक्ष ललितनारायण सिंहले बताए।
सप्तरीका एसपी राजेन्द्र विष्टले प्रहरीलाई देखेपछि त्राासका कारण घटना घटेको हुनसक्ने बताए।
स्थानीयका अनुसार सवितालाई यसअघि पनि हृदयघातको समस्या देखिएको देखिएको थियो।
-By Nirdesh pokhrel
Post a Comment