१४ कात्तिक, काठमाडौं । १० थान आईसरको बसहरु रिद्धि सिद्धि यातायत द्धारा संचालनमा ल्याईएको छ ।
उक्त बसहरु गुणस्तरीय, कम्पनी बडी विल्ड, माईलेज, आरमदाई सिट र टिल र टेलिस्कोपिक स्टेरिंग भएको कारणले गर्दा संचालनमा ल्याइएको हो जस्ले गर्दा ब्यापारी र यात्रुहरु दुवैलाई फाइदाजनक साबित हुने कुरा रिद्धि सिद्धि यातायतका अध्यक्षले जानकारी दिए ।
साथै काठमाडौंको विभिन्न रुटमा एकैचोटी १० वटा संचालन भएको हुँदा व्यवसायीहरु थप हर्षित र उत्साहित रहेको कुरा यस रिद्धि सिद्धि यातायतका अध्यक्षले जानकारी दिए ।
उक्त साँचो हस्तान्तरण कार्यक्रममा आईसर बस तथा ट्रकको नेपालको लागि आधीकारीक विक्रेता, बतास ग्रुप अन्तर्गत इस्टर्न एजेन्सीस प्रालिका म्यानेजिंग डिरेक्टर शान्ता राज बतासले नेपालमा आईसर गााडीको माग बढिरहेको र यसको पछाडी गाडीको जेनुइन् पार्ट्स, उच्चतम माईलेज र सुरक्षित यात्रा नै भएको बताए ।
उक्त बस टौदह हुँदै चोभार, मेडिसिटि, नख्खु, एकान्तकुना, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, सुनधारा, जमल, सोह्रखुट्टे, बालाजु चोक, बाईस धारा, माछापोखरी सोह्रखुट्टे हुदैँ सोहि रुट फिर्ता हुनेछ । आगामी दिनमा पनि यसरी नै यात्रुहरुलाई निरन्तर सेवा दिईरहने प्रतिबद्धता जनाइएको छ ।
By Nirdesh pokharel
Post a Comment