१४ कात्तिक, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार वल्लभ भाइ पटेलको प्रतिमा अनावरण गरेका छन् ।
‘स्ट्याटु अफ युनिटी’नाम दिइएको यो मूर्ति १८२ मिटर अग्लो छ, जुन विश्वकै सबैभन्दा अग्लो प्रतिमासमेत हो ।
गुजरातमा जन्मिएका सरदार वल्लभ भाइ पटेलले भारतको स्वतन्त्रता आन्दोलनमा ठूलो भूमिका निर्वाह गरेका थिए । मोदी गुजरातको मुख्यमन्त्री भएका बेला यो मूर्ति बनाउन घोषणा गरेका थिए ।
भारतीय जनता पार्टीले पछिल्लो समय सरदार वल्लभ भाइ पटेललाई ‘हिन्दू राष्ट्रवादी नेता’का रुपमा परिचित गराउन खोजेको छ । साथै कांग्रेसमाथि उनको कद घटाउन लागेको आरोप लगाउँछ ।
By Nirdesh pokharel
Post a Comment