१४ कात्तिक, काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डेले आफ्नो तेस्रो नयाँ आउटलेट नेपालको सबैभन्दा परिचित ठेगाना, दरबारमार्गमा खोलेको छ ।
यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसंग क्याफे कफी डे को समापन गर्ने लक्ष्य राखेको छ । नेपालकी लोकप्रिय नायिका तथा उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्काद्वारा औपचारिक रूपमा आउटलेटको उद्घाटन एक कार्यक्रमका बीच गरियाे ।
लोकप्रिय क्याफेले आफ्नो सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ र यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोष गरेको छ । यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराउने जनाएको छ । जसमा खानाको परिकारका साथै पेय पदार्थहरुमा पनि विकल्पहरू देख्न सकिने जनाएको छ ।
नेपालमा ब्रान्ड क्याफे कफी डेका मास्टर फ्रेन्चाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, “हामीले दरवारमार्गमा एउटा नयाँ आउटलेट लन्च गरेकोमा एकदमै खुसी छौं । सीसीडीले पहिले देखिनै कयौं अन्तर्रा्ष्ट्रिय बजारमा आफ्नो बलियो पकड़ बनाइसकेको छ ।
‘जवालाखेल र बसन्तपुरमा हाम्रो आउटलेट लन्च गरेदेखि सीसीडीले पनि नेपाली बाजारमा एउटा सनसनी पैदा गरेको छ र यसैकारण हामी दरबारमार्गमा हाम्रो तेश्रो आउटलेट लन्च गर्न प्रेरित भएका हौँ’, विज्ञप्तिमा भनिएकाे छ ।
क्याफे कफी डे ले नेपालका अन्य स्थानहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएकाे छ ।
By Nirdesh pokharel
Post a Comment