गुलाबको फूल भित्र माया दिउला नि ,
आज गर्ने कबुल भित्र माया दिउला नि ।
मन अनि मुटु भरी तिम्रै नाम लेखी ,
मैले टाङ्ने तुल भित्र माया दिउला नि ।
केही पनि नलुकाई आज तिमीलाई नै ,
करोडौको हुल भित्र माया दिउला नि ।
चोखो तिम्रो माया पाउदा आफै बगिदिने ,
आँशुको यो मुल भित्र माया दिउला नि ।
सारा कुरा बिर्सिएर बाँध अङ्गालोमा ,
पातलो त्यो झुल भित्र माया दिउला नि ।
आज गर्ने कबुल भित्र माया दिउला नि ।
मन अनि मुटु भरी तिम्रै नाम लेखी ,
मैले टाङ्ने तुल भित्र माया दिउला नि ।
केही पनि नलुकाई आज तिमीलाई नै ,
करोडौको हुल भित्र माया दिउला नि ।
चोखो तिम्रो माया पाउदा आफै बगिदिने ,
आँशुको यो मुल भित्र माया दिउला नि ।
सारा कुरा बिर्सिएर बाँध अङ्गालोमा ,
पातलो त्यो झुल भित्र माया दिउला नि ।
Post a Comment