पर्ख म एउटा यस्तो गजल लिएर आउँछु
पर्ख म एउटा यस्तो गजल लिएर आउँछु
फाटेको मन गजल बाटै म सिएर आउँछु
धेरै बेर भो गएको अझै आएन न-भन्नु
तल्तल लाग्यो अलिकती मदिरा पिएर आउँछु
सधैँ उस्को यादमा दुख्ने यो मुटु चाहिँदैन
मुटु पनि उसैलाई म उपहार दिएर आउँछु
मुटु उस्लाई याद उस्लाई सबै उस्लाई दिन्छु
अनी म मेरो आफ्नै जीवन जिएर आउँछु
पर्ख म एउटा यस्तो गजल लिएर आउँछु
-Nirdesh pokhrel
Post a Comment